यु–१५ साफको तयारी पूरा

६ कार्तिक २०७५, मंगलवार १६:४०

यु–१५ साफ च्याम्पीयनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आज पत्रकार सम्मेलन गर्दै बिहिबारदेखि सुरु हुने साफको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १७ गतेसम्म संचालन हुने साफ च्याम्पीयनसिपमा ६ टोली सहभागि हुँदैछन् । पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशको टोली प्रतियोगितामा सहभागी हुन काठमाडौं आइसकेका छन् भने भारतको टोली भोलि आइपुग्ने एन्फाले जनाएको छ । समूह ए मा आयोजक नेपालसहित बंगलादेश र माल्दिभ्स छन् । समूह बिमा भारत, भुटान र पाकिस्तान छन् । बिहिबार समूहका दुई खेल हुनेछन् । जसमा भारत पाकिस्तानसँग खेल्दा अर्को खेलमा नेपालले माल्दिभ्ससँग खेल्नेछ

१ करोड ६५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि एन्फाले ५ सय र २ सय गेट टिकटदर तोकेको छ । प्रतियोगिताका लागि साफबाट १ लाख ४० हजार डलर उपलब्ध भएको एन्फाले जनाएको छ । प्रतियोगिताका लागि नेपाली टोली सनोज श्रेष्ठको प्रशिक्षणमा छ । ३ सय जनाबाट छनोट खेलाडी अहिले अन्तिम तयारीमा छन् । एन्फा एकेडेमीमा रहेका २६ जना र बिभिन्न जिल्लाबाट आएको खेलाडीबाट अन्तिम टोली तयार पारिएको एन्फाले जनाएको छ । छोटो समयको तयारी भएपनि एकेडेमीमा रहेका खेलाडी लामो समयदेखि निरन्तर अभ्यासमा रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा एन्फा आशावादी छ ।