काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् ।
प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्षकलाई थप क्षती भएन । विद्यालयका साना साना बालबालिकाहरुलाई शिक्षा दिने नाममा गरेको जर्बजस्ति करणी विरुद्ध अभिभावकहरुको आक्रोश थियो ।
असोज ८ गते र १० गते दुबै दिन पहरी सरले पिसाव फेर्ने ठाउँमा कक्षा कोठामा कोहि नभएको मौका छोपी सरको पिसाव फेर्ने घुसाउनु भएको थियो । तिमी कति राम्री छौ भन्दै सधै गाला समाउने, काखमा लिने, छाती समाउने, फ्रक भित्र हात राखेर संवेदनशिन अंगहरु चलाउने गर्दै आउनु भएको थियो । कहिलेकाँहि सरको पिसाव फेर्ने स्थान समेत समाउन लगाउनु हुन्थ्यो । यो कुरा कसैलाई नभन्नु, भन्यो भने कुट्छु, पिट्छु भन्दै तर्साउनु हुन्थ्यो’–पीडित बालिकाहरुले प्रहरीमा दियकोे बयान मा भनेका छन्