महानगरीय प्रहरी परिसर काठमाडौंले तीन लाख ७० हजार बराबरको नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई शनिबार राति ललितपुर मच्छेगाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले भाडामा लिएको कोठामा नक्कली नोट छाप्ने कारखाना नै खालेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुसंग नक्कली नोटको लागि आवश्यक पर्ने कागज नक्कली नोट बरामद गरेको छ ।थप अनुन्धान समेत भइरहेको पत्रकार सम्मेलनमा बताए ।
नोट सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त इन्द्रबहादुर श्रेष्ठ नारायण श्रेष्ठ ,राज श्रेष्ठ ,साहिल थापा मगर र विकास दोचे रहेकाछन् ।
दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।