शीतल निवासमा विजयादशमीको टीका

३ कार्तिक २०७५, शनिबार ०८:३९

 

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा  बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गरिन् ।

राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए । राष्ट्रपतिले आफ्ना माता मिथिला पाण्डेबाट पनि टीका–जमरा र दक्षिणा ग्रहण गरिन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् ।राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवका सथै भीभीआईपी र सर्वासाधरण समेतलाई टीका–जमरा लगाइदिइन् ।