एक साताअघि धनुषाको औरही गाउँपालिका वडा नम्बर २ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै फेरि १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बालत्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको छ ।