फरार अभियुक्त १८ वर्षपछि पक्राउ

३० आश्विन २०७५, मंगलवार १८:०२

महोत्तरी प्रहरीले १८ वर्षपछि दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध मुद्दाका फरार दुईजना अभियुक्त १८ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खडकालेजानकारी दिए ।पक्राउ पर्नेमा एकडारा गाउँपालिका वडा नं ३ बस्ने ५२ को छेदी साह र सोही स्थान बस्ने वर्ष ५४ का रामनरेश यादव रहेका छन् । २०५७ कात्तिक ४ गते छेदी साहको घर खानतलासी हुदाँ निजको घरमा लुकाई छिपाई राखेको अवस्थामा १०१ किलो अबैध लागूऔषध गाँजा बरामद भएको साह फरार रहेका थिए ।

अर्का अभियुक्त यादवलाई २०६० असार २१ गते सम्सी जलेश्वर सडक खण्डमा प्रहरी चेकजाँचको क्रममा वालुवा लोड भइ आएको ज।१ त ३२२ नम्बरको ट्याकटरमा बालुवा भित्र लुकाएर ल्याउँदै गरेको अबैध लागूऔषध गाजा २०० केजी बरामद भएको थियो ।घटना लगतै फरार  दुवै जना गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।बरामद गाजाको ल्याब परीक्षणसमेत भैसकेको र निजहरुलाई हिरासतमा राखी अनुसन्धान हुने उनले जानकारी दिए ।पक्राउ परेको दुवै जनालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।