राष्ट्रपतिले टीका लगाइदिने

२९ आश्विन २०७५, सोमबार १६:३१

 

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ । टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ ।