राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले दशैंसँग सम्बन्धित सामग्रीहरुलाई बढी जोड दिएका छन् ।मिथिलाको दशैंबारे चर्चा गरेका छन् भने कुनैको मुख पृष्ठमा दशैं झल्काउने तस्वीर छन् ।
दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, भारतले नयाँ हवाई रुट थप्न इन्कार गरेको, बारामा अपहरणपछि बालकको हत्या भएको, पत्रपत्रिकाहरुले आज प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेका छन् ।
नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता भारतले सहमति जनाएको थियो । तर भारत त्यसबाट पछि हटेको छ ।कान्तिपुरका अनुसार प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका नेपाली प्राविधिक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।‘भारतीय प्राविधिकले डिफेन्स सैन्य कारण देखाउँदै यसपटक निर्णय गरेनन्, कान्तिपुरले लेखेको छ, ।’