आज नवरात्रको पाँचौं दिन हो आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ ।
भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ ।उनलाई पद्मासना देवी पनि भनिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्