नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्याउनेलाई कारवाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे। नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको भन्दै नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण केन्द्रीय समितिको बैठका बस्न नसकेका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने केन्दीयसमितिको पहिलो बैठकको कार्यसूचीनै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए। विगतको निर्वाचनमा कांग्रेस पराजयको भागिदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठहर्याउनु गलत भएको उनको भनाइ थियो