निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको मा आक्रोश

२६ आश्विन २०७५, शुक्रबार १८:२०

मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनुपरेको मानवअधिकारकर्मी कपिलदेव श्रेष्ठले जानकारी दिए । सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसकेको आक्रोश व्यक्त गरे ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ । मानवअधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई दबाब दीदै आएका छन् ।