पोखराको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
श्रेष्ठले मंगलबार बालिकालाई ललाइ फकाई एकान्तमा लगेर अस्वभाविक क्रियाकलाप गरेको पीडित बालिकाले बुधबार आमालाइ बताएपछि घटना बाहिर आएको हो ।
युवकले बुधबार पनि बालिकालाई फकाउने प्रयास गरेको बालिकाको आमाले थाहा पाएपछि बालिकालाई त्यस युवकसँग जानबाट रोकेकी थिइन् ।
श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् भने बलात्कारको प्रयास गरेको स्वीकार गरिसकेको कास्की प्रहरीले जनाएको छ ।