
नेपाली काँग्रेस विधान मस्यौदा समितिले दशैंको फूलपाती अघि एकीकृत मस्यौदा तयार गर्ने भएको छ ।
विभिन्न उपसमितिले तयार पारेका प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए ।
‘मस्यौदा समितिको दैनिकजसो बैठक बसिरहेको छ । आज पनि बैठक छ । दशैंको फुलपाती अघि नै एकीकृत मस्यौदा तयार गर्नेगरी काम गरिरहेका छौ लेखकले बताए ।
बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नआएको दावी गरे । ‘सभापतिलाई शक्तिशाली बनाउने वा नबनाउने भन्नेमा विवाद आएको छैन । बाहरि जति हल्ला भएका छन् तिनमा सत्यता छैन
विधान मस्यौदा समितिले सदस्यता, संगठन संरचना, अधिबेशन प्रतिनिधि छनोट लगायतका विषयमा लगभग सहमति जुटाइसकेको जनाएको छ ।
नेपाली काँग्रेसमा सवैभन्दा विवादको विषय बनेको निर्वाचनमा टिकट वितरणको प्रकृयालाई विधानमार्फत नै व्यवस्थित बनाउने भएको छ । टिकटका आकांक्षी बढी हुनेहुँदा टिकट नपाउनेले आधिकारिक उम्मेद्वारमाथि अन्तरघात हुने गरेको गुनासो बढ्ने गरेकाले त्यसलाई विधानमार्फत नै व्यवस्थित गर्न लागिएको विधान मस्यौदा मुल समितिले जनाएको छ ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि विधानमा बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था समेट्ने तयारी भइरहेको बताइएको छ ।