बलात्कारीलाई बचाउन खोज्दा दुई डाक्टर निलम्बित

२५ आश्विन २०७५, बिहीबार १०:१६

 

काठमाडौँ । बलात्कृत बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको आशय आउने गरी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् ।

 

 

जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक तथा स्वास्थ्य जाँच गराउने डाक्टरहरु रम्भा गोइत र विजयकुमार सिंहलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको हो ।

बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले दुई जना डाक्टरलाई निलम्बन गर्दै चिकित्सकीय अभ्यास गर्नबाट बञ्चित गराएको हो ।

काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीका अनुसार यी दुई डाक्टरले बलात्कृत बालिकाको रिपोर्टमा चिकित्सकीय आचारणविपरीत गलत रिपोर्ट दिएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको बताए ।