ट्राफिक सचेतनामा केन्द्रित हुँदै नियम तथा आचारसंहिताहरु सबैले पालना गर्नु पर्छः सिटौला

२३ आश्विन २०७५, मंगलवार १९:२८

यातायात ब्यबसायी तथा ट्राफिक प्रहरी महाशाखा प्रमुखले आज एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेका छन ।

 

ट्राफिक सचेतनाका लागि स्टिकर सार्वजनिक गर्दै यातायात ब्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उक्त नियम तथा आचारसंहिताहरु सबैले पालना गर्न अनुरोध गर्नु भएको छ । उहाँले सार्वजनिक यातायात क्षेत्रमा भएका साना गल्तीले पनि समग्र यातायात क्षेत्र नै मुछिने भएकाले ट्राफिक नियमको सहि सदुपयोग गरिनुपर्ने बताउनु भयो । मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकेको भन्दा बढी भाडा नलिने, सबैसँग सभ्य भाषा बोल्ने लगायतका नियमहरु राखिएको उक्त स्टिकरहरु गाडीहरुमा टाँसिएको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखा, यातायात मजदुर संघ र यातायात ब्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरुले संयुक्त रुपमा उक्त स्टिकर टाँस्ने कार्यको सुभारम्भ गरेका छन । महासंघका महासचिव सरोज सिटौलाले स्टिकरमा राखिएका उक्त नियमहरु सम्बन्धित सरोकारवालालाई पालना गर्नैपर्ने आग्रह गर्नु भएको छ ।