प्रमाण नष्ट गर्नेलाई पक्राउ गरियोस् दुर्गादेवी पन्तकञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार शुरुको अनुसन्धान प्रक्रियामा लापरवाही गर्ने र प्रमाण लुकाउने प्रहरी अधिकारीहरुलाई पक्राउ गरेर हत्यारा पत्ता लगाउनुपर्ने माग गरेकी छन् ।
सरकारद्वारा गठित गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार साँझ सार्वजनिक गरिएको थियो ।‘‘आज पनि कञ्चनपुरमा हामीले आन्दोलन गर्दैछौं । राजनीतिक दल र अधिकारकर्मीहरुले आइदिन मलाई अनुरोध गर्नु भएको छ ।
प्रमाण मेटाउने काममा संलग्न प्रहरीहरुलाई पक्रेर अनुसन्धान प्रक्रिया अघि बढाउने हो भने घटनामा को संलग्न थियो भन्ने खुल्ने बताइन् । ‘‘हामीले न्याय पाउनुपर्छ उनको भनाई थियो ।
छानबिन प्रतिवेदनमा हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटी भएको र प्रहरीबाटै प्रमाण लुकाउने काम भएको निष्कर्ष निकालिएको छ ।
निर्मला हत्यामा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्टलगायत केही प्रहरी अधिकारीकै भूमिका शंकास्पद भएपछि गृहका सह सचिव मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । आइतबार सार्वजनिक भएको प्रतिवेदनमा हत्यामा संग्लन व्यक्ति वा समूहको पहिचान प्रष्ट नखुलाइएपनि संकेत भने गरिएको छ । प्रतिवेदनले निर्मलाकी साथी रोशनी र उनकी दिदी अनिता बम तथा तत्कालीन एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान गर्न सुझावसमेत दिएको छ । विष्टसहित ८ जना प्रहरीलाई निलम्बन गरिएको छ ।
प्रहरीले प्रमाण नष्ट गरेको, दीलिपसिंह विष्टलाई नक्कली अभियुक्त खडा गरेको तथा अनुसन्धानमा अन्य गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले एसपी विष्टमाथि अनुसन्धान गर्न सुझाव दिँदै भनेको छ, ‘‘प्रहरी उपरीक्षक डिल्लीराज विष्ट आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत निजले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पूर्णतः पालना गरेको नदेखिँदा निजमाथि छानबिन गरी विभागीय कारबाही हुनुपर्ने ।’’
निर्मलाकी आमाले आफूहरु दोषीलाई कारवाही नगरिएसम्म चुप लागेर नबस्ने बताउँदै ‘‘हामीलाई न्याय प्राप्तिका लागि सबैबाट सहयोगको अपेक्षा गरेको वताइन