
वीरगन्जको लालबंगला परिसरमा हिजो साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ ।
घाइते तथा मृतक परिवारलाई प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहयोग गरेका छन् ।
काठमाडौको वी एण्ड वी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोविन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकीता चौधरीलाइै आज अस्पतालमै पुगेर दुवैलाई २५– २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आयुषालाई पनि २५ हजार सहयोग गरेका छन् भने उपचारका क्रममा मृत्यु भएका रोहित चौधरीको परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् वीरगञ्ज फर्के लगतै मृतक परिवारलाई भेटेर सो रकम दिने बताएका छन् ।
लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएकाले कारवाहीको माग समेत गरेका छन् ।