युवाहरु बिदेश पलायन हुनु दुखदः साह

२२ आश्विन २०७५, सोमबार १९:४४

 

काठमाडौँ पूर्व सभासद तथा नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले दुइ तिहाइ बहुमतले बनेको सरकारको बलियो खम्बालाई कोतार्ने काम कसैले गर्न नहुने बताएका छन । साहले सरकारको आलोचना गर्नु भन्दा पनि काम गर्न दिनु पर्ने कुरामा जोड दिए । अध्यक्ष साहले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सत्तामा रहुन्जेल” मै खाउ मै लाउ” भन्ने उखानको संज्ञा दिदै मोजमस्ती नगर्न र समय खेर नफाल्न सुझाब दिए। उनले जनताबाट तिरेको करको उचित ठाउमा सदुपयोग गर्न समेत सरकारको ध्यानाकार्षण गराए ।

वर्तमान सरकार चोरहरुको सरकार बनेको भन्दै अध्यक्ष साहले यो सरकारले राम्रो काम नगरेको बताए।उनले हजारौ युवाहरुलाई बिदेशमै मताधिकार दिएर उतै बसिराख भन्ने खाले रणनीति यो सरकारले बनाएको भन्दै बिदेसिएका मेन ब्रेनहरुलाई स्वदेशमा नै उपयोग गर्न सकिने बताउदै देशमा कृषि क्रान्ति देखि विभिन्न विकासे प्रोजेक्टमा शिक्षित युवाहरुलाई लगाउन सकिने बताए । कालो पानि र खैरो पानीको संज्ञा दिदै दुइ पार्टी एक भए पनि अहिलेको ने क पा असली भईनसकेको अध्यक्ष साहले ठोकुवा गरे।एक अर्को प्रसंगमा अध्यक्ष साहले नेपाली जनता दलले देशको हित हुने काममा साथ् अनि सहयोग गर्ने हुदा अब हरिचरणपथलाई सबैले साथ् दिने र अबको पन्ध्र बर्ष भित्रमा नेपाली जनता दलले राज्य कब्जा गर्ने समेत ठोकुवा गरे ।