राजपा नेपालका नेता राजकिशोर यादव यसो भन्छन

२२ आश्विन २०७५, सोमबार १८:४९

 

यो सरकार सबै मोर्चामा असफल भयो । हामीले मात्रै होइन, माधव नेपालले नै भनिसके देशै डुब्न लाग्यो । देश त बचाउनुपर्‍यो नि । भ्रष्टाचार बढ्यो । प्रहरी प्रशासनले काम गर्न सकेन । महंगी दशैंको मुखमा छोइनसक्नु छ । अति आवश्यक चिनी तेलको भाऊ आकासिएको छ ।

निर्मला पन्तका बलात्कारी को हो भन्ने दुनियाँलाई थाहा छ । पूरै राज्य उसलाई संरक्षण गर्न लागेको छ । ३३ किलो सुन कुन दुलोमा पस्यो रु ठूलो माछा समातिन्छ भन्थे । ओलीले भ्रष्टाचार निर्मूल पार्छु, सुशासन ल्याउँछु भन्थे । झन् मन्त्रीहरु एकपछि अर्को काण्डमा मुछिँदैछन् । चिनी उद्योगीबाट के कसो खेलामेला भयो रु उल्टै जसले बोल्यो, त्यसैलाई कारवाही गर्छु भन्छन् ।

ओली सरकारले अहिलेसम्म जनताको पक्षमा राम्रो काम गरेको देखिएन ।

सरकारले हामीलाई वार्तामा बोलाउने हो भने कुराहरु सुधार गर्नुपर्‍यो । जनतालाई सुविधा दिनुपर्‍यो । भ्रष्टाचारीमाथि कारवाही गर्नुपर्‍यो । बलात्कारीहरुलाई समात्नुपर्‍यो । संविधान संशोधन कहिलेसम्म गर्ने रु रेशम चौधरीलाई कहिले सपथ खुवाउने रु लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक गर्ने रु

यी तमाम विषयहरुका बारेमा सरकारले स्पष्ट कुरा ल्याएमा हामीले त हदैसम्मको लचकता अपनाएर यो सरकारलाई साथ दिएकै हो नि । हामीले आफ्नै कार्यकर्ताहरुबाट गाली खाएर भए पनि देश र जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ डिस्कोर्समा जान्छ भने लौ न त साथ दिऔं भनेर न साथ दिएका हौं ।

तर, यो सरकारले संविधान संशोधनको कुरा त धेरै परको भयो, दैनिक जीवनमा सरकार छ भन्ने अनुभूति नै दिन सकेन । उल्टै सरकार जनतालाई तिमीहरु नबोल भनेर तर्साउने काम गरिराखेको छ ।