लोक गायिका बन्जाडेको ‘खुशियाली दशै सार्वजनिक भए संगै चर्चामा

२२ आश्विन २०७५, सोमबार १८:१८

 

लोक गायिका तथा रचनाकार शुसिला बन्जाडेको दशै गीत‘ खुशियाली दशै’ बोलको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भए संगै चर्चामा आएको छ ।


बन्जाडेको आफनै शब्द रचना रहेको गीतमा लोकगायिका शुसिला बन्जाडे र मधुसूदन बन्जाडेको स्वर रहेको छ ।
‘खुशियाली दशै’ बोलको गीती एल्बम ‘जनता डिजिटल एन्ड फिल्म’ दशैको भावलाई समेटेर तयार पारिएको हो ।

साझा संगीत प्रस्तुति मार्फत बजारमा सार्वजनिक भएको उक्त भिडीयोलाई निर्देशन निर्मल क्षेत्रि, र दिपक गिरीले भिडियो छायांकन गरेका छन भने एरेन्जमा सुदिप सागर, अभिनय तर्फ निर्मल क्षेत्री, सृजना रेश्मी मगर , तिलक र बालकलाकार आयम लम्साल रहेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन ।

सुशीला बन्जाडेको खुसियाली दशै, यसपालीको दशै गीत बजारमा आइसकेको छ जुन गीतले लाखौं लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मर्म ,पिडा दुःखका भावनालाई समेट्ने प्रयास गरेको छ ।