
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमाअपरान्ह ४ बजे बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि सरकारका कामको समिक्षा लगायतका विषयमा छलफल हुने छ ।
अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएको थियो । उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । वरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए ।
आजको बैठकमा पछिल्लो समय पार्टीभित्र देखिएको असन्तुष्टि र सरकारको काम–कारबाहीका बिषयमा केन्द्रीत रहेर छलफल गर्छौँ,’ सचिवालयका एक सदस्यलेजानकारी दिए ।