काठमाडौँ– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाइने बताएका छन् । त्यसका लागि पार्टीभित्र एकताको खाँचो रहेको उनले बताए ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उनले यस्तो बताएका हुन् ।
“इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,” उनले प्रश्न पनि गरे ।