
बर्तमान सरकारले सोचे वमोजिम काम गर्न सकिरहेको छैन । जनताको अवस्था नाजुक बन्दै गएको छ । दशै तिहार नजिकिदै गर्दा महंगीले आकाश चुम्दै छ । जनता यो सरकार बाट अतालि सकेका छन । सरकारले अव राम्रो संग बुद्धि पुयाउन सकेन भने देशमा संकत आउन सक्ने खतरा देखिएको छ । संघीयताको बिरोध गर्ने शक्तिहरु पनि यति बेला सक्रिय भएर लागेका छन । सरकारले कर बढाएर जनतामा एक खालको निराशा उत्पन्न भएको छ ।
जनतामा निराशा आउनु भनेको मुलुकको लागी नै दुर्भाग्य हो । किन भने जनताले चाहे भने ब्यवस्था नै चेन्ज गर्न सक्छन । बिगतका हरेक ईतिहास बाट सवै कुरा प्रस्ट हुन्छ । हाम्रो सामु इतिहास साक्षी छ । जनताको जन लहर ले नै मुलुकमा ठूला ठूला परिवर्तन भएका छन । जनतालाई कमजोर ठान्र्ने का कुनै पनि शासकले गनु हुदैन । देशमा कुनै पनि सरकारले राम्रो काम गर्न सकेन भने र जनताको मन जित्ने काम भएन भने जनताले जे पनि निर्णय गर्न सक्छन । त्यसो भएको हुनाले बर्तमान सरकारले काम गरेर देखाउनु पर्छ । कुरा बढि भए काम हुन सकेनन् यो नै समस्या हो । जनताका आबश्यकताहरु दिनप्रतिदिन बढदै छन ।
साधन स्रोतहरु कम छन । यो अर्थशास्त्रको नियम हो । जनतालाई अवसर दिनु पर्छ । धेरै जनता मुलुकमा अवसरको खोजिमा छन । तर मुलुकमा कुनै अवसर नै छैन । जनताको भावनालाई सरकारले सम्वोधन गर्ने कुरामा पछि हटनु हुदैन । देश बनाउन सरकारले जुन किसिमको कार्ययोजना लिएर अघि बढनु पर्ने हो अहिले सम्म त्यो देखिदैन । जनतालाई भ्रममा पारेर राजनीति कुनै पनि दलहरुले गर्नु हुदैन । त्यसले दलहरु लाई नै घाटा हुन्छ । अव मुलुकमा ईमानको राजनीति जरुरी छ ।
-नेत्र बहादुर लिम्वु