
काठमाडौं– नेपाल विद्युत प्राधिकरण काठमाडौं उत्तर वितरण केन्द्र बुढानिलकण्ठ उपकेन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मा २० हजार घुससहित पक्राउ परेका छन् ।
इलेक्ट्रिसियन तेस्रो तहका कर्मचारी शर्माले घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले २० हजार रुपैयाँसहित प्रक्राउ गरेको हो ।