महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले प्रोत्साहन गर्नु पर्छः थापा

१४ आश्विन २०७५, आईतवार ०९:३६

 

काठमाडौं–महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छिन् ।

ललितपुरमा आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन् ।
महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताइन् ।