काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ
आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा। केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा। केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएको छ ।
सहसचिव हरिप्रसाद लम्सालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘११ गते बेलुकी डा। केसीलाई सम्पर्क गर्न प्रयास गरेँ । तर, टेलिफोनमा सम्पर्क हुन सकेन ।’
आफूले ओमप्रकाश अर्याल र अभिशेक सिंहलाई फोन गरेर मन्त्रीले डा। केसीलाई भेट्न खोजेको जानकारी गराएको तर, दुबैले असमर्थता जनाएको लम्सालले बताए । डा केसीलाई सम्पर्क गर्ने प्रयास भने सफल नभएको विज्ञप्तिमा उल्लेख छ ।