चाडपर्व नजिकिँदै जाँदा किनमेलको हतारमा होसीयारी अपनाउनु होला । हतार गर्नु भयो भने अपराध गर्नेहरुले लुटपात गर्न सक्छन । त्यस्ता अपराधीहरु बजारमा सक्रिय हुन थालेका छन्।
विषेश गरी चाडपर्वको समयमा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ।
महाशाखाले दिएको एक तथ्यांक अनुसार यही साउनको १ देखि बुधबारसम्म काठमाडौंमा ४६ वटा चोरी डकैतीका घटना भएका छन्। दशै तिहारमा यस्ता घटनाहरु बढि मात्रमा हुने गरेका छन ।