जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नगराइन नगरपालिका २ नगराइन टोल बस्ने अजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।
नगराइन नगरपालिकाबाट जनकपुर आउँदै गरेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले देवडीयाबाट चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
ज६प २३३७ नम्बरको मोटरसाइकलमा साहले कपडाको झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको २ किलो १० ग्राम चाँदी बरामद भएको हो । साहले भारतबाट अबैध रुपमा लुकाई छिपाइ चाँदी ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।
साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भैरहेको र बरामद चाँदी राजश्व कार्यालय बुझाउने तयारी भैरहेको जानकारी आएको छ ।