सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाईरहन्छ, बाबुराम भट्टराई

१० आश्विन २०७५, बुधबार ११:३२

सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छ, बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ ।संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा। भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र पप्पुजस्ता बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका हुन