
क्रोएसियाका लुका मोड्रिच फिफा बर्ष खेलाडी घोषित भएका छन् ।
क्रिष्टियानो रोनाल्डो र ईजिप्टका महम्मद लाई पछि पार्दै मोड्रिच बर्ष खेलाडी बनेका हुन् ।
३३ बर्षिय मोड्रिचले गत महिनामात्र युरोप बर्ष खेलाडीको अवार्ड जितेका थिए ।
रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका मोड्रिचकै कमानीमा क्रोएसियाले विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।
उनी पहिलो पटक फिफा बर्ष खेलाडी बनेका हुन् ।
लण्डनमा गएराती विशेष कार्यक्रमकाबीच फिफाले वर्षको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।
बर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भने ब्राजिलियन फरवर्ड मार्ताले प्राप्त गरिन ।
विश्वकप बिजेता फ्रान्सका डिडियर डिस्च्याम्प बर्षको उत्कृष्ट प्रशिक्षक बने ।