दशैंको अग्रिम टिकट बुकिङ आजदेखि

८ आश्विन २०७५, सोमबार १५:३३

 

दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको हिजो बसेको बैठकले आज बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत भाडा बढाएपछि महासंघको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।