काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरे ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन पुन चीन गएका थिए । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेला’को उदघाटन समारोहलाई सम्बोधन गरेका थिए ।