अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने जैसी पक्राउ

७ आश्विन २०७५, आईतवार १८:१५

 

कैलाली–प्रहरीले ७१ लाख ७९ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा सो अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने लम्की चुहा नगरपालिका–१ का ३२ वर्षीय कृष्णराज जैसी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल भजनीको टोलीबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । उनीबाट बरामद नगद, ५००, १००० र २००० दरको भएको बताइएको छ ।

उनी लम्कीका स्थानीय व्यापारी भएको बताइको छ । उनले कुन प्रयोजनका लागि सो रकम ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।