काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आज आइतबार उपत्यका बन्दको घोषणा गरे पनि राजधानीको जनजीवन प्रभावित भएको छैन । स्कुल कलेज बन्द भए पनि अरु कार्यालयहरु खुला रहेका छन ।
आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि भने तोडफोड गरेको बताइएको छ ।
त्यसैगरी काठमाडौँका सडकमा विहानैबाट गुड्ने स्कूल बसहरु भने बन्द छन् ।
आफ्नो नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपा उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको थियो ।
नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधमा आज एक दिन उपत्यका बन्दको घोषणा गरेका थिए ।
इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको बताएका छन् । उनले नेताहरुलाई अदालतले रिहाईको अदेश हुँदा समेत पटक–पटक गिरफ्तारी गरी झुटा मुद्दामा जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।