नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्व को हुप्सिकोट गाउँपालिका– ४ स्थित भैंसीघाटमा गएराति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
शंखदेवबाट हात्तीखोरतर्फ जाँदै गरेको लु १ ज २९२७ नम्बरको जीप दुर्घटना हुँदा चालक बौदीकाली गाउँपालिका–४ का कृष्ण सुनारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले घाइते सुनारीलाई उपचारका लागि कालीगण्डकी अस्पताल, कावासोती लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा बसका सहचालक मेखबहादुर मर्साङ्गी घाइते भएका छन् । भरतपुरको सीएमसी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक लिलाराज खनालले जानकारी दिए ।
सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जीपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।