इपिएस सम्झौता नविकरण

७ आश्विन २०७५, आईतवार ०७:३७

नेपाल दक्षिण कोरिया बिच रोजगार अनुमति प्रनाली(इपिएस)मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नविकरण भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण राज विष्टले उनका समक्क्षी दक्षिण कोरीयाली ली जेई क्यापले पठाएका सम्झौता नविकरण गर्ने सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्ष्र गरे पछि सम्झौताको नविकरण भएको हो । दुई वर्ष अघि नेपाल कोरीया बिच भएको समझदारी को अवधि असोज ४ गते सकिएको थियो । प्रत्यक दुई दुई वर्षमा सम्झदारी नविकरण हुदै आएको छ ।