४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सुरक्षा निकाएका चाकलहरुलाई भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।
शुक्रबार साँझ सहमति भए पनि त्यसअघि नै सरकारले सेनाका चालकलाई ट्यांकर लिन पठाएई सकेको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार सेना पठाएपछि ट्यांकर चालकहरूले आफैं ट्यांकर चलाउन तयार भएका थिए । भट्टराईले यसपटकको आन्दोलनबाट पाठ सिक्दै अब निगमले २ सय आफ्नै ट्यांकर राख्ने जानकारी गराए, अप्ठेरो अवस्थामा ढुवानी गर्ने सहज हुने छ। सेनाले पनि थप ट्यांकर किन्ने भएकाले अवस्था सहज हुँदै जाने निगमले बताएको छ ।
‘आजबाट आपूर्ति सहज भइसकेको छ । भद्रकाली पेट्रोल पम्पमा आज लाइन छैन, सहज छ । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले पुल्चोकको साझा पेट्रोल पम्प केहीबेर बन्द गराए छन्, केहीबेरमा हामी त्यसलाई खोल्न लगाउँछौं, त्यहाँ पनि सहज नै हुन्छ,’ ,’अहिले सबै मुभमेन्ट भइसकेको छ । अब विस्तारै सहज हुन्छ । उपभोक्ताहरु आत्तिनुपर्ने अवस्था छैन