
कृष्ण लेकाली, काठमाडौं । सवारी चालकहरुले आन्दोलन थालेपछि सर्वसाधारणलाई सास्ति भएको छ । लगातार तिन दिन देखी ट्यांकर चालक समेत आन्दोलमा उत्रिएपछि सवारी सञ्चालनमा सकस्या देखिएको हो । यसकारण अहिले सम्म पनि सवृसाधारणहरु बस पर्खिरहेका छन् । यसको मारमा काठमकाडौंमा बसोबास गर्ने विद्यार्थी तथा सर्वसाधारणहरु रहेका छन् ।
शुक्रबार करिब ७ बजी सकेको थियो । हुम्ला घरु बताउने प्रिती नेपाली पिठ्युमा झोला बोकेर उभिएकी थिईन् । काठमाडौंको पेप्सीकोला बस्ने उनी हरेक दिन पढ्न को लागी बाग बजार आउने गरेकी छिन् । आज पनि आफ्नो क्लासको लागी उनी यहा आईन । तर, फर्किदा बस नपाएपछि उनी चिन्तित बनेकी छिन् ।
यो समस्या प्रितीलाई मात्र हैन् । करिब सयौको संख्यामा त्यहाँ यात्रुहरु बसको पखाईमा बसीरहेका छन् । हरेक वर्ष दशै नजिकिदै गर्दा सवारी चालक तथा सवारी धनीहरुले विभिन्न माग राख्दै आन्दोलन गरेर सर्वसाधारणलाई सास्ति दिईरहेको बेला हरेक समय बनेको सरकारले अहलिे सम्म पनि यसको विकल्प खोज्न सकेको छैन् ।
काठमाडौंको किर्तिपुर बस्ने २५ वर्षिय रितु खड्का आफ्नो स्कुल स्तरको अध्यायन सुर्खेतबाट पुरा गरेपछि काठमाडौं आएकी हुन् ।
उनी काठमाडौं आएको करिब १ वर्ष भयो ।सधै सवारीको लाईन बस्ने उनको आफ्नो बानी नै परेकाले सवारी कुर्नु नौलो कुरा नभएको बताउदै उनी भन्छिन्, आज कुर्नु मात्र हो । बस आउने कुनै ठेगान नै छैन् ।