
काठमाडौं । सुरक्षा व्यवस्थामा चुनौती देखीएको भन्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ। पछिल्लो समय विभिन्न घटनाहरुका कारण सुरक्षा व्यवस्थामा चुनौती देखीएको मुलुकमा सुरक्षा व्यवस्था कमजोर भएको आरोप प्रहरीले खेप्दै आएको बेला प्रहरीबाट सर्वसाधारणको विश्वास कायम गर्न उक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन्।
पछिल्लो समय देशमा बलात्कार, हत्या, अपहरण जस्ता जघन्य अपराधका घटना बढ्दै गएकोले सुरक्षा चुनौती थपिएको भन्दै प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। देशमा बढ्दै गएको सुरक्षा चुनौतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे बैठकमा छलफल भइरहेको गृह स्रोतले जानकारी दियो।
बैठकमा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधान सेनापति पूर्णचन्द्र थापा सहभागी छन्।