सरकार र आन्दोलनरत सवारी चालकबीच वार्ता, यस्ता छन् आठ बुँदे सहमति

५ आश्विन २०७५, शुक्रबार १७:१८

 

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीचको वार्ताबाट सहमति भएको छ । यो संगै आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । साथै सरकार र आन्दोलन वीच आठ बुँदे सहमति सहित वार्ता सकिएको छ । बन्का कारण सर्वसाधारणले सास्ति पाएका कारण शुक्रबार सिंहदरबारमा दुबै पक्षबीच भएको वार्ताका भएको हो ।

दुई पक्षबीच आठ बुँदे सहमति भएसँगै चालक संघर्ष समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सवारी चालकहरुलाई समेत आजै रिहा गर्ने तयारी गरेको छ ।

सहमतिमा सवारी चालकहरुलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नेदेखि ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने समेतका बुँदाहरु समेटिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको ३ घण्टा लामो वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी, कानुन सचिव राजीव गौतम सहभागि थिए भने आन्दोलनरत पक्षको तर्फबाट सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली सहभागि रहेको थियो ।

यस्ता छन् सहमति…