प्रहरी र चालकवीच झडप, तीनजना घाईते

५ आश्विन २०७५, शुक्रबार ०९:१७

धनगढी । अछामको साँफेबगर नगरपालिका स्थीत नगरपालिकाको कार्यालयमा बनदकर्ता र प्रहरी वीच झडप भएको छ । साँफेको पक्कीपुलमा बन्दकर्ता र प्रहरविच झडप भएको हो । झडप पछि आन्दोलन कारीले बजारमा खाली सिसि बोत्तल लिएर बजार बासीलाई समेत धम्काउन थालेपछि नगरपालिकाले यसको समाधानको लागी बैठक बोलाएको थियो । सो क्रममा नगर प्रमुख र उपप्रमुखलाई समेत बन्दकर्ताले गाली बेईज्जती गरेपछि आन्दोलनले उग्र रुप लिँदा तीन जना घाईते भएका हुन् । घाईते हुनेमा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते रहेका छन् ।

घाइते कुँवरको न्याय हेल्थ क्लिनीक वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि सेति अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ । घाईते कुँवरको दायाँ आँखामा चोट लागेको छ । आन्दोलन कारीले प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप लगाएका छन् । तर, जिल्ला प्रहरी कार्यालय अछामले भने यसको खण्डन गर्दै प्रहरीले गोली नचलाएको आन्दोलनकारीले झुटो आरोप लगाएको जनाएको छ ।

सुरुमा मङ्लसेनबाट आउदै गरेका सवारीलाई साँफे पक्की पुल नजिकै रोकेपछि चालक आफै प्रहरीमाथि जाइलागेकाले थिए । यसपछि आन्दोलन चर्कियो । प्रहरीले मङ्गलसेनबाट थप प्रहरी माग गरेपछि आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस प्रहार गरेको प्रहरी निरीक्षक टेकबहादुर रावतले जनाएका छन् ।

यस्तै प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नुका ्साथै नगरपालिकाको सवारी साधन तोडफोड गर्दै एक विवाहको गाडीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएका छन् । नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइ फायर गरिएको प्रहरीले जनाएका छ । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका छन् ।

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण कैलाली, अछाम र बाजुरा लगायतका जिल्लाहरुमा बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।