
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गोपाल पराजुलीसंग लिएको शपथलाई सर्वोच्च अदालतले बैध ठानेको छ । प्रधानन्यायाधीशको पदावधि समाप्त भइसकेपछि राष्ट्रपतिले पराजुलीसँग शपथ लिएको दाबीसहित अधिवक्ता हेममणि सुवेदी र नारायण खरेलले दायर गरेको रिट खारेज भएसँगै प्रक्रिया वैध ठहर भएको समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।
अन्नपूर्ण पोष्टका अनुसार पराजुलीलाई अवकाशको जानकारी दिएपछि गत चैत १ गतेबाट तत्कालीन वरिष्ठतम न्यायाधीश दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश भई पेशीसमेत तोकेको अवस्थामा राष्ट्रपतिले लिएको शपथ बदर हुनुपर्ने निवेदकको दाबी थियो। पराजुलीको अवकाशको जानकारी राष्ट्रपति कार्यालयमा दिइसकेको अवस्थामा तत्कालीन कामु प्रधानन्यायाधीश जोशीबाट शपथका लागि आदेश माग गरेको थियो।
सर्वोच्च अदालतकी न्यायायाधीश सपना मल्ल प्रधानको एकल इजलासबाट गत वैशाख ४ गते गरेको फैसालाको पूर्ण पाठ बिहीबार तय भएको हो।