नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तैः उपराष्टपति पुन

४ आश्विन २०७५, बिहीबार १६:३१

 

काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गरेका छन् ।

 

बिहीबार विहान उक्त मेलाको उद्घाटन समारोहलाई उपराष्टपति पुनले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको उल्लेख गरेका छन ।

यस्तै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउँदै नेपाल आफ्नो भूमिलाई चीनबिरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको कुरा समेत बताए ।

मेला उद्घाटन समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्हृवा, चिनियाँ कम्यूनिस्ट पार्टी सीपीसीका सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र इटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् ।

उपराष्ट्रपति पुनले बिहीबार नै बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायीहरुको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।