‘अनुराग’को ‘तिम्रो स्वरमा स्वर’ गीत सार्वजनिक (भिडियो सहित)

४ आश्विन २०७५, बिहीबार १५:५२

काठमाडौं । नेपाली चलचित्र अनुरागको तिम्रो स्वरमा स्वर नामक सार्व जनिक भएको छ । यहि असोज १२ गेतबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र अनुरागमा यो गीतलाइृ समावेश गरिएको छ । उक्त गतिलाई बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा चर्चित गाएक प्रताप दासको स्वर सुन्न सकिन्छ।

सत्यराज एसआरसीको शब्द समावेश उक्त गीतमा सरोज पोख्रेलले संगीत भरेका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार समुन्द्र पण्डित फिचरिङ छन्। जहाँ उनी एक कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ।

सत्यराज चौलगाईंको निर्देशनमा तयार भएको अनुराग मा समुन्द्र पण्डित र एलिजा गौतमको मुख्य भूमिका रहेको छ। सांगीतिक प्रेमकथामा आधारित फिल्ममा एलिजा र समुन्द्र‍सँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ।

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको यस फिल्ममा एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको छ। फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

म्युजिक भिडियो यहाँबाट हेर्न सकिन्छ…