
बागलुङ नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रभावशाली नेता तथा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेलले ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा अवस्थित तुरतुरे पहिरोको स्थलगत अवलोकन गरेका छन् । सांसद पौडेलले पहिरो अवलोकन पछि प्रतिक्रिया दिदै प्रकृतिले गम्भिर समस्या सिर्जना गरेको बताए ।
पौडेलले भने, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्व हुनुको साथसाथै नजिकिदै गरेका महान चाड बडादशैं र तिहारलाई लक्षित गरि सडक सुचारु गर्न, दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकार जिम्मेवार भएर आफनो कार्य सम्पादनमा लाग्ने र आफूले यसको लागी पहल गर्ने नेता पौडेलले जानकारी दिए ।
पहिरो पछि बनेको ताल र पहिरो व्यवस्थापनको लागि कुन प्रकारको प्रविधि प्रयोग गरेर हुन्छ नेपाली सेना सॅग गम्भिर कुरा भईरहेको र रक्षा मन्त्रालयले पनि सडक सुचारु गर्न चासो दिएको उनले बताए । उनका अनुसार, ताल बनेर जमेको पानी लाई खोलेर व्यवस्थापन गर्ने कि यहि रुपमा राखेर व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल भईरहेको छ ।
पहिरो सँगै लोकमार्ग अवरुद्व भएपछि त्यस क्षेत्रका बासिन्दालाई अहिले आवतजावत सँगै दैनिक उपभोग्य वस्तु ओसारपसार, विरामीलाई अस्पताल सम्म ल्याउन समस्या भईरहेको छ ।