पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतको आदेश

३ आश्विन २०७५, बुधबार १७:२०

पाकिस्तान । अदालतलृे पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई छोड्न आदेश दिएको छ।

दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो। गत जुलाई महिनामा पूर्व प्रधानमन्त्री सरिफ र उनकी छोरीलाई १० वर्ष जेल सजाय तोकिएको थियो।

तर उनीहरुले आफूहरुलाई लगाइएका आरोप झुटा भएको बताउँदै आएका थिए। गत साता सरिफकी पत्नीको मृत्य भएपछि उनको अन्त्येष्टिका लागि थुनामुक्त गरिएको थियो।

अवैधानिक रुपमा विदेशमा सम्पत्ति लगेको आरोपमा सरिफ र उनीकी छोरीलाई गत जुलाई महिनामा १० वर्षे जेल सजाय तोकिएको थियो। (एजेन्सी)