
काठमाडौं । सरकारले चालु अर्थिक वर्षको पहिलो दुई महिनामा खर्च कम राजस्व बढि संकलन गरेको छ । भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको सरकारले एक खर्ब तीन अर्ब रुपैयाँ मात्र खर्च गरेको छ।
नागरिक दैनिकमा समाचार छ, ‘भदौ मसान्तसम्म एकसय २० अर्ब राजस्व संकलन गर्न सफल भएका छौँ’, मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यो गत वर्षको अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो।’
राजस्व संकलनकालागि सरकारले करको दायरा बढाउने नीति लिएको उनले प्रष्ट पारे।