
काठमाडौं– कृषिमन्त्री चक्रपाणी खनालले नेपालको भूमि अब राष्ट्रियकरण गर्न सम्भव नभएको बताएका छन् । नेपालमा कृषि उत्पादन बढ्न नसक्नुमा जमिनको अवस्था वाधक रहेको उल्लेख गदै उनले त्यसलाई सुधार गर्न कठिन रहेको बताए ।
मंगलबार काठमाडौंमा कञ्जुमर आई नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन ।
मन्त्री खनालले खेतीयोग्य जमिन र शहर आसपासका जमिन घडेरीका लागि टुक्र्याइएको र यूवा जनशक्ति बैदेशिक रोजगारीका लागि जाँदा खेत बाँझो रहँदा कृषि उत्पादन घटेको दावी गरे । मन्त्री खनाललले भने– ‘श्रम गर्न सक्ने १८ देखि ४० बर्ष उमेर समूहका यूवा बाहिरिएका छन्, कृषिप्रति मानिसहरुको चासो हराएको छ ।
उनले भारतबाट आएको बन्दागोभी किन्न लाइन बस्नुपर्ने अवस्था आएको भन्दै जमिनमा भएको खण्डिकरणका कारण कृषि उत्पादन बढ्न नसकेको बताए । कृषि मन्त्रालयमा भूमिसुधार मन्त्रालय पनि जोडिएको बेला आफूले ४ महिना भूमि व्यवस्थापनको लागि पहल गरेको बताउँदै नेपालको कृषिको समस्या जमिनसँग जोडिएको बताएका छन् ।
मन्त्री खनालले बेमौसमी तरकारी खेतीमा अत्यधिक बिषाधि प्रयोग हुने गरेको बताउँदै त्यसलाई नियन्त्रण गरेर जानुपर्ने बताए । उनले नेपालमा उपभोक्ताका लागि ऐन कानुन भएपनि प्रभावकारी कार्यान्वयन भएर जान नसकेको उल्लेख गर्दै सबैभन्दा बढी काठमाडौं बाहिरबाट र भारतबाट आउने कृषि उपजमा बिषाधियुक्त हुने उल्लेख गरे ।
उनले दुधमा आफूले पूर्णरुपमा नियन्त्रण गरेको बताउँदै त्यसमा कुनै सम्झौता नगर्ने बताए ।
उनले भने– ‘३ महिनादेखि दुधमा कुनै मिसावट भएको छैन । अब दुधमा मिसावट भएमा कुनै सम्झौता हुँदैन भनेपछि दुध सुधारिएर आएको छ, बाहिरबाट आउने दुधका उत्पादनहरु रोकिदिएको छु । व्यापार व्यवसाय चौपट भयो भन्दै मन्त्रालयमा धाउनेहरु पनि छन् । एक बर्षलाई पाउडर दुध स्टक गरेर राख्ने, गुणस्तरहिन दुध बेच्नेको व्यापार चौपट भएर केही हुँदैन ।’ मन्त्री खनालले भने ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले औद्योगिक ढंगले कृषिलाई अघि बढाउने हो भने वातावरण र मानव स्वास्थ्यलाई अनुकूल हुने गरी विषाधि प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।
नेपालको तरकारीमा विषाधि छ र जमिन रासायनिक मलले बिग्रियो भन्ने भनाई सत्य नरहेको भन्दै उनले नेपालीले पर्याप्त मात्रामा रासायनिक मल प्रयोग गर्न नपाएको बिचार ब्यक्तगरे ।
धादिङ, काभ्रे, चितवन, सर्लाही बाहेका ठाँउमा तरकारीमा बिषाधि हाल्ने चलन नरहेको भन्दै नेपालको ९० प्रतिशत भू–भागको तरकारी आर्गानिक हुने उनले बताए । ५ दर्जन जिल्लामा बिषाधी नपुगेको तर्क गर्दै विषाधी प्रयोग गर्ने जिल्लामा यसको नियन्त्रण गर्न कठिन नरहेको बताए ।
https://www.youtube.com/watch?v=nSpJ6yudAr0&feature=youtu.be