
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई पर्सि ४ गते हुने भएको छ
संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।
परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ