
फाईल फोटो
काठमाडौं । कर्णाली प्रदेशको कालीकोटमा भएको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री सहित मन्त्रीको टोलीलाई कालो झण्डा देखाईएको छ । सोमबार कालीकोटको नरहरीनाथ गाउँपालिकाको रुप्सामा आयोजित एक कार्यक्रममा गएका मुख्यमन्त्री सहित ४ जनाको टोलीलाई विप्लवका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन ।
सात सदस्यीय मन्त्री परिषद् रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चार जना मन्त्रीले सोमबार कालिकोटको नरहरीनाथ गाउँपालिकाको रुप्सामा आयोजना गरिएको बसन्त मेला उद्घाटन गरे ।
मुलुक संघीयतामा गएपछि प्रदेश सरकार गठनका मन्त्रीहरु फुर्सदिला देखिए । सात सदस्यीय मन्त्री परिषद् रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चार जना मन्त्रीले सोमबार कालिकोटको नरहरीनाथ गाउँपालिकाको रुप्सामा आयोजना गरिएको बसन्त मेला उद्घाटन गरे ।
मेलामा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सरकारका प्रवक्तासमेत रहेका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी र पर्यटन, उद्योग, वन तथा वातावरण नन्दसिंह बुढा मेला उद्घाटन गर्न कालिकोट पुगेका हुन् । हेलिकोप्टर चार्टर गरेर पुगेका मुख्यमन्त्रीसहितका मन्त्रीहरुले बसन्त मेला उद्घाटन गर्दै कर्णाली प्रदेश समृद्धिका सपना दोहोर्याए ।
मेला उद्घाटन गर्न कालिकोटको नरहरीनाथ पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
कार्यक्रमस्थलमा पुगेसँगै नजिकैको भलिबल मैदानको पोलमा कालो झण्डा टाँगेर उनीहरु भागेका थिए । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह क्षेत्रसमेत रहेको नरहरीनाथमा उनीहरुले सरकार विरुद्ध गतिविधी सञ्चालन गर्दै आएका छन् ।